यह ब्लॉग खोजें

रविवार, 25 जून 2017

म पाको भयेछु

म पाको भएछू सबै बुझ्न थालें
जहाँ बाट सक्थें  म नै झुक्न थालें||
लिने सोंच छाडी दिने चाह राखें
म पाको भएछू सबै बुझ्न थालें ||
खुसी भित्र मेरा भिजेका नुनेला
ति आँखा सपार्दै मिठो बोल्न थालें ||
धजो  मात्र बेर्दै दुपट्टा म बाँडे
म पाको भएछू सबै बुझ्न थालें ||
दुखेका ति घाऊ सबै ढाक्न थालें
मिलेका नराम्रा पिडा खप्न थालें
मिलेको पिंडो नै कतै छाड्न थालें
म पाको भएछू सबै बुझ्न थालें||
तजी लक्ष्य आफ्नो धरी स्वार्थ अन्त
सपार्दै कसैको सुनौलो दिगन्त ||
सबै चाहनाका जरा म उखालें
म पाको भएछू सबै बुझ्न थालें||
भुली बैगुनी का सबै दुःख मर्का
भयो भो तजौं ती पुरौं पूर्व  धर्का
भनी जातिवैरी सितै हात जोडें
म पाको भएछू सबै बुझ्न थालें||

भुजंगप्रयात

कोई टिप्पणी नहीं:

श्री विष्णु विजय स्तोत्रम् shri vishnu vijay stotram hindi translation पद्म पुराणोक्त विष्णु विजय स्तोत्र हिन्दी व्याख्या

shri vishnu vijay stotram hindie translation श्री विष्णु विजय स्तोत्रम् shri vishnu vijay stotram hindie translation विष्णु विजय स्तोत्र हिन...