यह ब्लॉग खोजें

शुक्रवार, 25 जुलाई 2014

तिम्रो सम्झनामा

न सक्थें नै थेग्नै न त मन भरी अट्न उ पुगी
न येक्लो यो मेरो मन हुन गयो झट्ट हलुको।
न उस्को त्यो प्यारो सरस रसिलो रूप म भुलें
न मात्रै माँयाँमा सलल म बगी जीवन दियें।।

सदा यो छातीको अति कठिन कालो मल दिने।
सुकेको घाउको परम गहिरो छाप सरिको
छ यौटा गाँठो जो जटिल कसिलो राग भरिलो
म जांदा नै जाला समर सरिको जीवन सित।।

न सुक्ने लुक्ने वा न त जल सरी सल्ल बगने।
न यात्रा झैं कट्ने न त सहज रात्री बनिदिने
न बाँडे बाँडिने न त समयले झ्याट्ट पुरिने
व्यथा जो मान्छेको मरण तकको साथ रहेछ।।

म भित्रै झल्किने निहित कलिलो प्रेम गहिरो
कहिल्यै निस्क्यो वा न त मन कतै बल्झिन गयो
न झस्क्यो माँयाँले न त करुणगाथा मन पसो
थिई त्यो के त्यस्ती कठिन मुटुमा बल्झिन पुगी।। 

उ मै त्यस्तो न्यानो परम मधुरो कान्ति छरियो
ममा हाँस्छे नाच्छे मन बहकिंदा भाग्छे उ कता।
जुरेलीझैं कस्तो चह चह गरी कान भरदै
उडी जान्छे काँहाँ मन भर म मा राग भरदै।।

जता हेर्यो उस्कै प्रतिछवि भई बस्छ मनमा
र खायो जे लायो स्मरण मनमा जाग्छ उसकै।।
जहाँ जान्छु त्यस्कै सम सहचरी हेर्छ नयन
उ संगै वैलाई समय सुखको जर्जर भयो।।

ममा माँया भर्ने जनक पनको राग भरने
सदा बाल्दै ज्योती सकल घरमा स्नेह छरने।
दिने प्यारो छायाँ थकित मनमा कान्ति भरने
बनाई प्रीतिको अनुपम छवी प्रीति डुबिछ।।

ति काला आँखामा कतित हँसिलो प्रेम लहर
उठेका गालामा चमक भरिलो दीप्ति झलक।
ससाना खुट्टाले ठुमु ठुमु हिंडी नृत्य गरदा
घरै हुन्थ्यो नाना सुखसयलले पूर्ण भरिलो।।

तिमी जन्म्यौ मेरी सकल घरकी दीप जसरी
उदाये मौलाये मुख मुख सबैका स्मित खुसी।
सुकेका आँखामा सकल खुसिका भै जल बने
थियौ पैली छोरी सकल घरकी चाहत तिमी।।

बनी देवी कन्या घर भरनका हेतु जनमी
भनी बाबा मेरा झटपट टिका ल्याउन भनी
लगाई राम्रो क्या चटक सुकिलो चन्दन भने

निरोगी काया होस् शरद सय भोगी सुख गर।।

मंगलवार, 1 जुलाई 2014

23
बितेकै छन् सारा दिन पनि र रात्री पल पल
उदायेको रातो रवि जरित भै डुबिगयो
फिर्यो फेरी हप्ता दिन पनि महीना हुन पुगे
 तिमी मात्रै लुक्यौ समयसित टाढा किन भयौ।।

25
चम्केका ती नयन रसिला के थियो आस उन्को
लम्केका ती चकित करमा के थियो चाह उन्को
बाङ्गो पार्ने विकल मुखमा के थियो शब्द उन्को
                                                 जाँदा जाँदै भनिनसकिने वेदना साथ उन्को।। 

रविवार, 15 जून 2014

ममा माँया भर्ने जनक पनको राग भरने
सदा बाल्दै ज्योती सकल घरमा स्नेह छरने।
दिने प्यारो छायाँ थकित मनमा कान्ति भरने

बनाई प्रीतिको अनुपम छवी प्रीति डुबिछ।।

श्री विष्णु विजय स्तोत्रम् shri vishnu vijay stotram hindi translation पद्म पुराणोक्त विष्णु विजय स्तोत्र हिन्दी व्याख्या

shri vishnu vijay stotram hindie translation श्री विष्णु विजय स्तोत्रम् shri vishnu vijay stotram hindie translation विष्णु विजय स्तोत्र हिन...