यह ब्लॉग खोजें

बुधवार, 31 जुलाई 2013

(१५/५/२०१३ मा फेस बुक मा प्रकाशित)
खुसी मन मा काँडा...
आज पढईको अन्तिम गन्तव्य मा संगसगै रहनुभयेका एक मित्रको कर्णाटक बाट फोन आयो । उहां दिल्लीमा PhD Convocation आउनु भयेको थियो । म तिरुपति बाट न फर्कंदै घरतिर पनि लाग्नुभयेछ । दिल्ली फेरी आउनुहोस् भनि आग्रह गर्दा उहाँले दिल्ली को आफ्नो अनुभव रिक्त र तिक्त पाराले वर्णन मात्रै गर्नु भयेन अझै विक्षिप्त र सनकी को सहर भनि उपमा पनि जडीदिनुभयो । मैले फोन बन्द गरे पछी सोंच्न थालें के साञ्चै मेरो सपनाको सहर यस्तो भयानक र बस्नै नहुने छ त? अफिस तिर जाने चिन्ता लाई झोला भित्र थन्क्यायेर, कनाटप्लेसको मेट्रो स्टेशन को सिढीं मा उभियेर म सोंच्नदै छु। । मेरो सोंच को कुनै पडाव थियेन मात्रै संस्कृतमा बीस मिनट जति कुरा गर्दा उहांले भरेको अवसादले बुद्धि नराम्रै संग पिल्सियेछ। विकराल रूप यसरी लियो कि न पोखे सम्म पिलो झैं टंटनी टंकला जस्तै छ। मैले बग्न दिये आफ्नो आवेश लाई । उनले भनेका शब्द लाई रूपान्तरित गर्न जुट्यो मेरो चोट खायेको मन। त्यो मनुष्य सागर मा म एउटा कुनो खोज्दै थियें। मेरा हातहरु सल्बलाउंदै ल्यापटप खोल्दै गये, र त्यो वार्ता लाई यसरी जोड्न थालें म -
सबै हेर्दा मानव चेहरा नै हुन् । निरन्तर चलिरहेकै छन् । जसरी यो मेट्रो दौडियेको त्यसै गरी दौडियेका छन्। पटक पटक प्लेटफर्म भरिन्छ क्षणभर मा खाली हुन्छ । मेट्रो जीवन का अंग हुन् यिनी हरू। ममीका पुतला जस्तै चेहरा, चिहरा भित्र ममीकै जस्तो चाम्रियेको भव भङ्गिमा....। सबै हतारमै छन् सबै दौडियेकै छन्। हर् हर् । कसैलाई कसैको फुर्सत छैन, कसैलाई हतार पनि छैन, यो संवेग त जीवन शैली को अंग मात्र हो। कसैलई सुख छैन यहाँ न दुःख नै छ कसैलाई । बस चक्र का पाटा झैं आफ्नो आफ्नो भारी बोकेकै छन्, तल माथी भयेकै छन् । दुःखको चरमराहट पनि छ, सुखको चमक पनि संगसंगै छ । कोई कसैसंग बोल्दैन, सबै आ-आफ्नै यन्त्र संग मस्त छन्। लेपटॉप, मोबाईल, टेबलेट, फेबलेट,... ...। सुन्न चाहंदैनन् । कान सबैका राता सेता काला बिर्काले ढाकियेका छन् । बाहिरको यो कोलाहल ले यिनी हरु लाई कुनै फरक परे जस्तो भान हुंदैन सुखका लागी अनेक दुःख बोकेकै छन् । निद्रा न लागे निदाउंने औषधि पाईन्छ यहाँ । भोक नलागे भोक लाग्ने । मन हारेर हरेश खायेमा काउन्सिलर पाईन्छन् (जस्का शब्दकोशमा हार र हरेश शब्द नै छैनन् तर व्यापार त्यसैको गर्छन्।) सपना न देखे सपना देख्न सिकाउने हरू मिल्दछन् । सपना ले डराये न देख्ने बनाउने पनि छन् । प्रेम गर्न न जाने एक चुट्किमा मायाँ गर्न, संगै जिउन मर्न सिकाउने दोकान पनि छन् । यहां मायाँ पैसाले किन्न पनि मिल्छ । contract मा जति महिना का लागी चाहियो live in relation मा बस्यो मन भरिये पछि छडेर अन्तै सर्यो ।...... इत्यादि ।
यो सुगम जीवनलाई यसरी मौलायेको संस्कृतिलाई विक्षिप्तको संसार भनेर कता लाग्ने ! लौ न बाटो दिनु पर्यो ।

श्री विष्णु विजय स्तोत्रम् shri vishnu vijay stotram hindi translation पद्म पुराणोक्त विष्णु विजय स्तोत्र हिन्दी व्याख्या

shri vishnu vijay stotram hindie translation श्री विष्णु विजय स्तोत्रम् shri vishnu vijay stotram hindie translation विष्णु विजय स्तोत्र हिन...