(१५/५/२०१३ मा फेस बुक मा प्रकाशित)
खुसी मन मा काँडा...
आज पढईको अन्तिम गन्तव्य मा संगसगै रहनुभयेका एक मित्रको कर्णाटक बाट फोन आयो । उहां दिल्लीमा PhD Convocation आउनु भयेको थियो । म तिरुपति बाट न फर्कंदै घरतिर पनि लाग्नुभयेछ । दिल्ली फेरी आउनुहोस् भनि आग्रह गर्दा उहाँले दिल्ली को आफ्नो अनुभव रिक्त र तिक्त पाराले वर्णन मात्रै गर्नु भयेन अझै विक्षिप्त र सनकी को सहर भनि उपमा पनि जडीदिनुभयो । मैले फोन बन्द गरे पछी सोंच्न थालें के साञ्चै मेरो सपनाको सहर यस्तो भयानक र बस्नै नहुने छ त? अफिस तिर जाने चिन्ता लाई झोला भित्र थन्क्यायेर, कनाटप्लेसको मेट्रो स्टेशन को सिढीं मा उभियेर म सोंच्नदै छु। । मेरो सोंच को कुनै पडाव थियेन मात्रै संस्कृतमा बीस मिनट जति कुरा गर्दा उहांले भरेको अवसादले बुद्धि नराम्रै संग पिल्सियेछ। विकराल रूप यसरी लियो कि न पोखे सम्म पिलो झैं टंटनी टंकला जस्तै छ। मैले बग्न दिये आफ्नो आवेश लाई । उनले भनेका शब्द लाई रूपान्तरित गर्न जुट्यो मेरो चोट खायेको मन। त्यो मनुष्य सागर मा म एउटा कुनो खोज्दै थियें। मेरा हातहरु सल्बलाउंदै ल्यापटप खोल्दै गये, र त्यो वार्ता लाई यसरी जोड्न थालें म -
सबै हेर्दा मानव चेहरा नै हुन् । निरन्तर चलिरहेकै छन् । जसरी यो मेट्रो दौडियेको त्यसै गरी दौडियेका छन्। पटक पटक प्लेटफर्म भरिन्छ क्षणभर मा खाली हुन्छ । मेट्रो जीवन का अंग हुन् यिनी हरू। ममीका पुतला जस्तै चेहरा, चिहरा भित्र ममीकै जस्तो चाम्रियेको भव भङ्गिमा....। सबै हतारमै छन् सबै दौडियेकै छन्। हर् हर् । कसैलाई कसैको फुर्सत छैन, कसैलाई हतार पनि छैन, यो संवेग त जीवन शैली को अंग मात्र हो। कसैलई सुख छैन यहाँ न दुःख नै छ कसैलाई । बस चक्र का पाटा झैं आफ्नो आफ्नो भारी बोकेकै छन्, तल माथी भयेकै छन् । दुःखको चरमराहट पनि छ, सुखको चमक पनि संगसंगै छ । कोई कसैसंग बोल्दैन, सबै आ-आफ्नै यन्त्र संग मस्त छन्। लेपटॉप, मोबाईल, टेबलेट, फेबलेट,... ...। सुन्न चाहंदैनन् । कान सबैका राता सेता काला बिर्काले ढाकियेका छन् । बाहिरको यो कोलाहल ले यिनी हरु लाई कुनै फरक परे जस्तो भान हुंदैन सुखका लागी अनेक दुःख बोकेकै छन् । निद्रा न लागे निदाउंने औषधि पाईन्छ यहाँ । भोक नलागे भोक लाग्ने । मन हारेर हरेश खायेमा काउन्सिलर पाईन्छन् (जस्का शब्दकोशमा हार र हरेश शब्द नै छैनन् तर व्यापार त्यसैको गर्छन्।) सपना न देखे सपना देख्न सिकाउने हरू मिल्दछन् । सपना ले डराये न देख्ने बनाउने पनि छन् । प्रेम गर्न न जाने एक चुट्किमा मायाँ गर्न, संगै जिउन मर्न सिकाउने दोकान पनि छन् । यहां मायाँ पैसाले किन्न पनि मिल्छ । contract मा जति महिना का लागी चाहियो live in relation मा बस्यो मन भरिये पछि छडेर अन्तै सर्यो ।...... इत्यादि ।
यो सुगम जीवनलाई यसरी मौलायेको संस्कृतिलाई विक्षिप्तको संसार भनेर कता लाग्ने ! लौ न बाटो दिनु पर्यो ।