23
बितेकै
छन् सारा दिन पनि र रात्री पल पल
उदायेको
रातो रवि जरित भै डुबिगयो
फिर्यो
फेरी हप्ता दिन पनि महीना हुन पुगे
तिमी मात्रै लुक्यौ समयसित टाढा किन भयौ।।
25
चम्केका
ती नयन रसिला के थियो आस उन्को
लम्केका
ती चकित करमा के थियो चाह उन्को
बाङ्गो
पार्ने विकल मुखमा के थियो शब्द उन्को
जाँदा
जाँदै भनिनसकिने वेदना साथ उन्को।।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें